काठमाडौं– निजामती कर्मचारीहरुको आधिकारीक टे«ड यूनियन, विभागीय कार्यसमिति, सर्वाेच्च अदालतले न्यायपालिकाको मर्यादा र प्रतिष्ठाका विषयमा आम नागरिक र अदालत स्वयमले पनि मनन गर्नुपर्ने जनाएको छ।
बुधबार जारी गर्दै उसले लोकतन्त्रको प्राण वायु स्वतन्त्र र सक्षम न्यायलय भएकाले न्यायपालिकाको मर्यादामा ख्याल गर्न सबैलाई आग्रह गरेको छ।
यूनियनले जारी गरेको बिज्ञप्ती भनिएको छ –‘ न्यायिक निरोपण भइसकेका काम कारवाहीलाई लिएर स्वतन्त्र न्यायलय एवं न्यायपालिकाका विरुद्ध विना आधार र कारण लाञ्छना लगाई डा.गोविन्द केसी लगायत विभिन्न मिडियाहरु तथा सामाजिक सञ्जालमा प्रकाशित प्रसारित सामाग्रीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ न्यायलयको मानमर्दन गर्नु गलत भएको यूनियनको प्रतिक्रिया छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।