काठमाडौं- कबाब पारखीलाई मध्यनजर गर्दै झम्सीखेलमा रहेको भिभान्ता होटलले ‘ट्रेल अफ कबाब’फेस्टिबलको गर्ने भएको छ।
होटलले १९ जुलाईदेखि २८ जुलाईसम्म फेस्टिभल गर्ने भएको छ। फेसिभबलमा १० किसिमको कबाब पाइनेछ।
परम्परागत रुपमा मटन र भेडाको मासुलाई सामान्यता पोलेर बनाइने मासुको चोक्टा कबाब हो। कबाबमा ससाना काटिएका मासुका टुक्रा, समुद्री खाद्य, तरकारी र फलफूल पनि हुन्छ।
यो क्षेत्रमा अधिकांश प्रयोग गरिने कबाब बिफ र चिकेन हो। त्यसलाई तारमा पोल्ने, रोस्ट गर्ने, उसिन्ने गरिन्छ। र त्यसलाई सलाद, तरकारी, रोटी चामल र चटनीसँग खाइन्छ।
भिभान्ता काठमाडौंले शताब्दियौं पुरानो परिकारलाई मिन्टमा पस्किने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको जनाएको छ।
फेस्टिभलमा आउनेले प्रतिव्यक्ति १ हजार ५ सय र अल्कोहलखानु परेमा ५ सय रुपैया थपगर्नुपर्ने छ। अल्कोहलमा भने बियर र ह्विस्कीलाई राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।