तुलसीपुर– नेकपा एमालेका नेता शंकर पोखरेलले जनताले आफ्नो नेता चुनेर पठाएको एक महिना बितिसक्दा पनि राज्यले आफूहरूलाई चिन्न नसक्नु विडम्बना भएको बताएका छन्।
रिपोर्टर्स क्लब दाङले आज दाङको टरिगाउँ विमानस्थलमा गरेको साक्षात्कार कार्यक्रममा उनले प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई कुनै पनि अप्ठ्यारो नरहेको विचार व्यक्त गरे।
दाङलाई प्रदेश नं ५ को अस्थायी राजधानी तत्काल तोक्न उनले सरकारलाई आग्रहसमेत गरे। पोखरेल दाङ क्षेत्र नं २ प्रदेशसभा 'क'का निर्वाचित सांसद पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।