काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले जनादेश अनुसारको सरकार गठन हुन नसके मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताएका छन्।
राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले वाम गठबन्धनको पक्षमा जनमत देखिएको अवस्थामा उनीहरुलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठाराघात हुने बताए।
संविधान निर्माणका क्रममा रहेका केही कानुनी अस्पष्टताले नयाँ सरकार गठनमा ढिलाइ भएको स्विकार्दै थापाले भने, ‘राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउँछ। त्यसपछिको साता दिनभित्र सरकार निर्माण हुन्छ।’
प्रदेशको अस्थायी राजधानी तोक्ने र संयोजक नियुक्त गर्ने विषय संवेदनशील भएको र त्यसमा वाम गठबन्धनको सहमतिको खाँचो रहेको उनले औंल्याए।
अध्यक्ष थापाले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन आफ्नो पार्टीले सार्वजनिक विदा माग गर्दै आएकामा सरकारले यसपटक विदा दिएको र त्यसमा सबै दलको सहमति रहेको प्रस्ट पारे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।