काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
सरकारले माघ २४ गतेका लागि घोषणा गरेको निर्वाचन मिति अनुसार आयोगले निर्वाचन तालिका बुधबार सार्वजनिक गरेको हो।
कार्यतालिका अनुसार आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्नेछ र सोही दिन प्रकाशित नामावलीमा दाबी विरोधको समय दिएको छ। आयोगका अनुसार उजुरी उपर छानबिन गर्दै माघ ७ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ।
आयोग प्रवक्ता नवराज ढकालका अनुसार माघ १० गते उम्मेदवारको सूची प्रकाशन गरिनेछ।
उम्मेदवारको सूचीमाथि दाबी विरोधका लागि आयोगले माघ ११ र १२ गते छुट्याएको छ। उम्मेदवारको मनोनयन पत्र र उजुरी निवेदनमाथि जाँचबुझ गर्दै निर्णय माघ १३ गते गरिनेछ।
आयोगले त्यसको भोलिपल्ट अर्थात् माघ १४ गते मनोनयका लागि उम्मेदवारी दिएका उम्मेद्वारको नामावली प्रकाशन गर्नेछ। आयोगले एक दिन माघ १५ गतेको समय नाम फिर्ताका लागि छुट्याएको छ।
त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण माघ १५ गते गरिनेछ।
७ प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान गरिनेछ।
५९ सदस्यीय राष्ट्रियसभाका लागि ५६ जना निर्वाचनबाट चुनिएर आउनेछन्। राष्ट्रपतिले ३ जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ। जसमा एक जना महिला अनिवार्य हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।