काठमाडौं– सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बैठक सूचना टाँसेर स्थगित गरिएको हो।
देशका विभिन्न भागमा आएको बाढी पहिरो र डुबानबाट भएको जनधनको क्षति लगायतको प्राकृतिक विपत्तिमा परी मृत्यु हुनेहरुका परिवारमा सान्त्वना लगायतका अन्य आवश्यक सहयोग पुर्याउन, बेपत्ता परिवारको खोजी उद्धार र राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्न प्रतिनिधिसभामा सदस्यहरुलाई आफ्नो क्षेत्र र जिल्लाहरुमा जान समय दिनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो।
अर्को बैठक साउन ८ गते बस्ने छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।