काठमाडौं– प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका तीन सांसदले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्।
सार्वजनिक महत्वको विषयमा छलफल गर्नका लागि आजको बैठकका अन्य विषय स्थगन गर्न प्रस्ताव गरिएको छ।
विगत पाँच दिन देखिको अविरल वर्षाले निम्त्याएको विषम परिस्थितिका बारेमा गृहमन्त्रीले सदनलाई जानकारी गराउन माग गरिएको छ।
सरकारद्वारा संचालित उद्धार, राहत कार्यको प्रगति तथा प्रभावित क्षेत्रहरुको विद्यमान अवस्थाबारे प्रतिनिधिसभाका सांसदहरुले जानकारी पाउनका लागि सदनका अन्य कामकारबाहि स्थगन गर्न प्रस्ताव दर्ता गराइएको कांग्रेस सांसद पुष्पा भुसालले बताइएन्।
सार्वजनिक महत्त्वको प्रस्ताव गर्नेहरुमा भुसालसहित कांग्रेस सांसद डा मिनेन्द्र रिजाल र राजपाका सांसद राजकिशोर यादव छन्।
बैठक एक बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।