ताप्लेजुङ– ताप्लेजुङबाट निर्वाचित एमाले सांसद योगेश भट्टराईले चुनावमा १७ लाख २५ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन्।
उनले मंगलबार खर्चको सबै विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्। विवरणअनुसार उनले कार्यकर्ता परिचालनमा ६ लाख ५० हजार, कार्यालय संचालनमा ३ लाख ५० हजार र सवारी सधानमा ३ लाख खर्च गरेको उल्लेख छ।
त्यस्तै प्रतिनिधि परिचालनमा १ लाख ४० हजार प्रचार सामाग्रीमा एक लाख २० हजार अन्य विविध खर्च अन्र्तगत ९० हजार रुपैयाँ खर्च गरिएको उल्लेख गरेका छन्।
उनले प्रचार सामग्रीमा एक लाख २० हजार खर्च भएको र अन्य ९० हजार खर्च भएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।