काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोग ब्ल्याकमेलिङको सिकार भएको बताएका छन्।
कानुनी जटिलता देखाएर प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेकोमा उनले आयोगप्रति आक्रोश व्यक्त गरे।
'निर्वाचन आयोगले कानुनी जटिलता देखाएर सरकार गठनको बाटो अवरुद्ध पारेको छ,' उनले भने, 'कानुनबारे केही अलमल भए डा गोविन्द केसीसँग बुझे हुन्छ। उहाँ हिजोआज अदालतसँगै भिडिरहनुभएको छ। अहिले उहाँले धेरै कुरा भटाभट भनिरहनुभएको छ।'
थाई एयरवेजको नियमित उडानबाट आज बैंकक उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग बोल्दै उनले दुई सातामै माओवादीसँग एकता हुनेसमेत बताए।
मिर्गौला प्रत्यारोपणपछि नियमित स्वास्थ्य जाँचका लागि उनी बैंकक जाने गरेका छन्। उनले त्यहाँको वुङरुगाड अस्पतालमा उपचार गराउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।