काठमाडौं– बिहीबारदेखिको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट हालसम्म ६० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
आइतबार दिउँसो साढे ४ बजेको तथ्यांकअनुसार ६० जनाको मृत्यु भएको हो। जसमा महिला २४ र पुरुष ३६ छन्।
तथ्यांकअनुसार उपत्यकामा ८ जनाको मृत्यु भएको छ। जसमा ३ महिला र ५ पुरुष रहेका छन्।
बाढी तथा पहिरोमा परी प्रदेश १ मा १९ जनाको मृत्यु भएको छ।
प्रदेश २ मा बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। जसमा महिला २ र पुरुष १२ रहेका छन्। प्रदेश ३ मा बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ रहेको छ। जसमा महिला ११ र पुरुष ४ रहेका छन्।
प्रदेश ५ मा पहिरोमा परी २ पुरुषले ज्यान गुमाएका छन्। प्रदेश ६ मा बाढीका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ। जसमा १ पुरुष र १ महिला रहेका छन्।
दिउँसो साढे ४ बजेको तथ्याकंअनुसार काठमाडौंमा ३, ललितपुरमा ५, खोटाङमा ३, इलामामा १, झापामा २, उदयपुरमा १, भोजपुरमा ५, ओखलढुंगामा ४, सुनसरीमा १, पर्सामा २, बारामा २, रौतहटमा ५, सिराहामा १, धनुषामा २, काभ्रेमा ३, रामेछापमा १, सिन्धुलीमा ४, मकवानपुरमा ४, धादिङमा २, चितवनमा १, पाल्पामा १, दाङमा १ र डोल्पामा २ जनाले ज्यान गुमाएका छन्।
३८ जना घाइते
बाढी तथा पहिरोबाट घाइतेसंख्या ३८ पुगेको प्रहरीको तथ्यांक छ। जसमध्ये महिला १७ र पुरुष २१ रहेका छन्।
तथ्यांकअनुसार उपत्यकामा ५, प्रदेश १ मा १६ र प्रदेश २ मा ५, प्रदेश ३ मा १२ जना घाइते भएका छन्। घाइतेहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन्।
२६ बेपत्ता, १४४४ को उद्धार
प्रकोपबाट देशभर गरी २६ जना बेपत्ता भएका छन् भने १४४४ को उद्धार भएको छ।
प्रहरीका अनुसार प्रदेश उपत्यकामा २ जना बेपत्ता भएका छन् भने अहिलेसम्म ३ सय ३७ को जनाको उद्धार गरिएको छ। प्रदेश १ मा ८ जना बेपत्ता छन् भने १२ जनाको उद्धार गरिएको छ। प्रदेश २ मा ३ जना बेपत्ता भएका छन् भने ८ सय २७ जनाको उद्धार गरिएको छ।
प्रदेश ३ मा ५ जना बेपत्ता भएका छन् भने २ सय ५८ जनाको उद्धार गरिएको छ। प्रदेश ५ मा १ जना वेपत्ता भएका छन् । प्रदेश ६ मा ७ जना बेपत्ता भएका छन्।
देशभरका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।