काठमाडौं– राष्ट्रिय जनता पार्टी राजपा नेपालले प्रदेश २ मा पाएको प्रदेशसभातर्फको समानुपातिकका लागि नयाँ सूची तयार पारेको छ।
यसअघि उसले पाएको प्रदेशसभाका १० समानुपातिक सिटका लागि बुझाएको नाममा आयोगले क्रम र क्लस्टर नमिलेको बताएपछि राजपाले नयाँ सूची तयार गरेको हो।
पार्टीहरुलाई सूची सच्याउन आयोगले थप ३ दिनको समय दिएको थियो। तर, राजपाले भने पुरानै सूची ठीक छ भन्दै आयोगमा पठाएको थियो। आयोगले पुनः सूची सच्याउन भनेपछि राजपा नयाँ सूची तयारीमा जुटेको हो।
सम्भवत आजै आयोगलाई नयाँ सूची बुझाउने राजपा स्रोतले बताएको छ। नयाँ सूचीमा उसले ३ पुरुष र ७ महिलाको नाम पठाउने तयारी गरेको छ। प्रदेश २ को समानुपातिक तर्फ ४३ सिटमध्ये राजपाले १० सिट पाएको छ। प्रत्यक्षतर्फ उसले १५ सिट जितेको छ।
राजपाले आयोगमा बुझाउन तयार पारेको नामहरु यसप्रकार छन्:
रामनरेश राय
जानकीशरण साह
नेत्रविक्रम साह
वविता कुमारी
नीलमदेवी भूमिहारिन
अन्जु कुमारी
डा डिम्पल झा
निरा कुमारी साह
अलका कुमारी झा
रिना यादव
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।