काठमाडौं- पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अदालतको अवहेलना मुद्दा खेपिरहेका डा गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा भेला हुन आह्वान गरेका छन्।
उनले डा केसीका मागप्रति ऐक्यवद्धता जनाउन र रिहाइको माग गर्न जनदबाब सिर्जना गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत उनले आज मध्याह्न १२ बजे माइतीघर मण्डलामा भेला हुन आह्वान गरेका हुन्।
भट्टराईले ट्विटमा भनेका छन्, 'आज मध्याह्न १२ बजे माइतीघर मण्डला जाऔं है! डा गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाऔं, उहाँको रिहाइका लागि जनदबाब सिर्जना गरौं, लोकतन्त्रको समृद्धिकरणका लागि अदालतलाई साँच्चै न्यायालय बनाउन एकजुट हौं !'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।