• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राजनीतिक गोलचक्कर : राजपा किन चुप? 

64x64
नेपाल लाइभ बुधबार, पुस २६, २०७४  ०६:३८
1140x725

काठमाडौं– प्रतिनिधिसभा चुनावमा राष्ट्रिय जनता पार्टी चौथो ठूलो शक्ति भएको छ। प्रत्यक्षतर्फ कुल १ सय ६५ सिटका लागि भएको निर्वाचनमा उसले ११ सिट जितेको थियो। त्यस्तै, १ सय १० समानुपातिक सिटमध्ये उसको भागमा ६ वटा सिट पर्नेछ। यद्यपि आयोगले समानुपातिकको अन्तिम सिट संख्या वितरण गरिसकेको छैन। कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा राजपाका १७ जना सदस्य हुनेछन्। 

राजपा प्रतिनिधिसभाको पाँच वटा राष्ट्रिय पार्टीमध्ये चौथो ठूलो पार्टी हुनेछ। मधेसकेन्द्रित राजनीतिबाट उदाएका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम भने पाँचौं राष्ट्रिय पार्टी हो। तर, यतिबेला यादवको जति चर्चा राजपाको कुनै नेताको पनि छैन। कतिसम्म भने वाम गठबन्धन भत्किएमा यादव प्रधानमन्त्री बन्न सक्ने अनुमान र विश्लेषणका बीच राजपालाई कसैले सम्झेका पनि छैनन्।

राजपाका अध्यक्ष मण्डलका नेता अनिल झाले बेलाबेलामा मधेसका लागि ओलीभन्दा प्रचण्ड प्रधानमन्त्री बन्नु उपयुक्त भन्नुबाहेक अन्य नेताको बोली खासै सुनिएका छैनन्। प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा समेत राजपाका नेताहरुले राखेको धारणा खासै चर्चामा आएन।

तर, आफूहरुको बोल्ने काम नै नभएको राजपाका अर्का अध्यक्ष राजेन्द्र महतो बताउँछन्। 

‘सरकारले छलफलमा बोलाएका बेला हामी गएकै छौं’, उनले भने, ‘अरु बोल्नुपर्ने विषय नै के छ र?’

‘प्रदेश राजधानी र प्रमुख तोक्ने जिम्मा सरकारकै’

प्रधानमन्त्री शेरबहादुर देउवाले गत पुस २० गते प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाएका पाँच दलकै बैठक बोलाएका थिए। सो बैठकमा राष्ट्रियसभाको मिति, प्रदेशसभाको अस्थायी राजधानी र प्रमुखको लागि सहमति खोज्ने प्रधानमन्त्रीको चाहना भए पनि बैठक सरकारले सोचेजस्तो भएन। वाम गठबन्धनका नेताहरुले जस्तै राजपाका नेताहरुले पनि त्यो सरकारकै जिम्मेवारी भन्दै पन्छिए।

‘ती कामहरु सरकारको अधिकार क्षेत्रभित्र पर्छन्’, बैठकमा सहभागी महतोले नेपाल लाइभसँग भने, ‘आफ्नो अधिकार क्षेत्रका कामहरु सरकारले गर्नुपर्छ भनेर हामीले भन्यौं।’

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो विषयमा आफूहरुले खासै चासो नराखेको अर्का अध्यक्ष शरतसिंह भण्डारी बताउँछन्।

‘गर्नुपर्ने सरकाले हो’, भण्डारी भन्छन्, ‘सर्वदलीय बैठकमा हामीले ती काम सरकारले गर्नुपर्छ भनेका छौं, त्यहाँभन्दा बढी के भन्नु र?’

तर, आफूहरुले यो सबै प्रक्रियालाई गम्भीरतापूर्वक हेरिरहेको अर्का अध्यक्ष राजकिशोर यादव बताउँछन्। भने, ‘सरकारले सहयोग मागेका बेला हामीले गरेकै छौं।’

चाहना– प्रचण्ड प्रधानमन्त्री

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चुनावमार्फत वाम गठबन्धनले बहुमत पाएको छ र गठबन्धनमा पनि एमाले ठूलो दल बनेको छ। चुनाव अघि नै सो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा चर्चा गरिएका थिए। अहिले पनि ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का जस्तै छ। कांग्रेसले माओवादी अध्यक्षलाई प्रधानमन्त्री अफर गर्‍यो भन्ने अनौपचारिक चर्चाबाहेक ओलीलाई नै आगामी प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको छ। तर, राजपाका केही नेता भने ओलीभन्दा प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने बताउँछन्।

राजपाबाट यस विषयमा बेलाबखत सार्वजनिक रुपमै अभिव्यक्ति दिइरहेका नेता हुन्, अनिल झा। उनले दुई हप्ताअघि बिबिसी नेपाली सेवामा प्रतिक्रिया दिँदै भनेका थिए, ‘यो देशका सबै पहाडिया समुदायका राष्ट्रिय स्तरका नेताहरुमध्ये प्रचण्ड सबैभन्दा बढी मधेसी, आदिवासी–जनजाति, दलित, संघीयता, समावेशीकरणका लागि उदार नेता हो। उहाँलाई हामीले सहयोग गर्नुपर्छ।’

त्यसयता पनि उनले सोही आधार र आशयमा प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्ने बताउँदै आएका छन्। झा जस्तै धारणा भण्डारीको पनि छ।

‘हाम्रो मुख्य माग संविधान संशोधन हो’, भण्डारी भन्छन्, ‘विगतमा पनि संविधान संशोधनका लागि प्रचण्डले पहल गरेका हुन्, उनी प्रधानमन्त्रीका लागि अघि सरे भने सोच्न सकिन्छ।’

‘ओली सरकारमा? हुँदैन!’

मधेस गठबन्धन बनाएर सँगै चुनावी प्रतिस्पर्धा गरेको संघीय समाजवादी फोरमले संविधान संशोधनको विश्वसनीय आधार पाए सरकारमा सहभागी हुने आशय व्यक्त गरिरहेको बेला राजपा भने अनिच्छुक देखिएको छ।

नेपाल लाइभसँगको अन्तर्वार्तामा फोरम अध्यक्ष यादवले भनेका थिए, ‘यदि वाम गठबन्धनले हामीले उठाएका सरोकारलाई सकारात्मक रुपले सम्बोधन गर्ने दिशातर्फ अघि बढ्यो भने सरकारमा सहभागिताको सम्भावना छ।’

तर महतो भने कुनै किसिमको प्रतिबद्धता वा प्रयासले मात्रै सरकारमा सहभागिता नजनाउने बताए। ‘संविधान नै सशोधन हुनुपर्छ’, उनले भने, ‘प्रतिबद्धता वा प्रक्रियाले मात्रै हुँदैन।’

भण्डारी पनि ओली सरकारमा जाने सम्भावना नै नभएको बताउँछन्। 

‘राजपाले पाएको मत नै ओली विरुद्धको मत हो’, उनले भने, ‘अनि हामी कसरी सरकारमा जान सक्छौं?’

यसबीच ओली र यादवबीच भेटवार्ता पनि भइसकेको छ। भेटघाटकै लागि यादव मधेसमा विजयोत्सव मनाउँदा मनाउँदै काठमाडौं आएका थिए। तर, काठमाडौंमै रहेका राजपा नेतासँग भने ओलीले कुनै छलफल गरेका छैनन्।

‘हामीसँग एमालेका नेताहरुले कुनै औपचारिक छलफल गरेका छैनन्’, राजपा अध्यक्ष यादव भन्छन्, ‘हुन त समानुपातिकको मत आउनै बाँकी छ, प्रतिनिधिसभा पूर्ण हुनै बाँकी छ, छलफल गर्ने समय पनि बाँकी छ।’

किन चासोमा छैनन्, राजपाका नेताहरु?

ओलीले उपेन्द्र यादवसँग जति संवाद गरे, त्यति राजपाका नेताहरुसँग गरेका छैनन्। राजपा केही अव्यवस्थित पार्टी भएकाले पनि त्यस्तो भएको हुनसक्ने विश्लेषक तुलानारायण साह बताउँछन्।

राजपा एउटै पार्टी देखिए पनि त्यहाँ ६ वटा अध्यक्षसँग डिल गर्नुपर्ने साह बताउँछन्।

‘राजपाभन्दा फोरम केही बढी व्यवस्थित र सहज दल हो, उसमा राजनीतिक संस्कार पनि राम्रो छ’, साह भन्छन्, ‘राजपामा भने कुन अध्यक्षसँग कुरा गर्ने, कोसँग नगर्ने भन्ने अलमल हुन्छ।’

यस्तै, आशय फोरम अध्यक्ष यादव पनि व्यक्त गर्छन्। अन्तर्वार्तामा उनले फरक सन्दर्भमा भनेका थिए– ‘राजपामा ६ वटा नेता छन्, ६ तिरै फर्किएका छन्।’

त्यसो त एमाले र राजपाका नेताहरुको विगतको कटुताले पनि अहिले काम गरिरहेको बुझ्न सकिन्छ। राजपाका अध्यक्ष मण्डलका नेताहरु छुट्टाछुट्टै पार्टीमा रहँदा गरिएको पछिल्लो मधेस आन्दोलनका कारण मुख्य पार्टीहरु उनीहरुप्रति खासै सकारात्मक छैनन्। मधेसकेन्द्रित दलका नेताहरुका कडा अभिव्यक्ति र व्यवहार उनीहरुले भुल्न नसकेको प्रतीत हुन्छ। त्यतिबेला केपी ओली र राजेन्द्र महतो दुई विपरीत धारमा थिए। सम्भवतः त्यही बेलाको तुष अहिले दुवैतर्फ निरन्तर छ।

साह राजपाप्रति एमाले सुरुदेखि नै सकारात्मक नभएको बताउँछन्।

मधेस आन्दोलनप्रति ओली सकारात्मक थिएनन्। मधेसका नेताहरुले छिमेकीको इशारामा आन्दोलन गरेको बताउने गरेका थिए। त्यस्तै, मधेसका नेताहरुले ओलीकै अभिव्यक्तिलाई सन्दर्भमा लिएर जनमत बढाउने प्रयास गरेका थिए। पछिल्लो समयसम्म पनि मधेसलाई एकजुट बनाउन ओलीकै अभिव्यक्ति सन्दर्भमा लिइन्थ्यो।

राजपाले पहिलो र दोस्रो स्थानीय चुनावमा भाग नलिएकै बेला अर्का नेता उपेन्द्र यादवले एकाएक चुनावमा भाग लिने निर्णय गरेपछि उनलाई निकै व्यावहारिक नेताको रुपमा व्याख्या गरिएको थियो। मधेसमा हुने चुनावको वैधानिकता हासिल गर्न मुख्य दललाई हम्मे परिरहेका बेला यादवको त्यस निर्णयले निकै राहत दिएको थियो। त्यति मात्रै होइन, स्वयं यादवले राजपाको नेता विरुद्ध अभिव्यक्ति दिन थालेपछि मुख्य दलका नेताहरुका लागि यादव प्रिय बन्न थालेका थिए। 

विश्लेषक चन्द्रकिशोर ट्युनिङ मिल्नेहरुबीचको भेटघाट अस्वाभाविक नभएको बताउँछन्।

‘उहाँहरु दुवै लेफ्ट हुनुहुन्छ, ट्युनिङ मिल्छ’, उनले भने, ‘त्यसैले भेटघाट हुनु अस्वाभाविक होइन।’

यस्ता कुरा भइराख्नु संयोग र सुनियोजित दुवै हुनसक्छ।

प्रकाशित मिति: बुधबार, पुस २६, २०७४  ०६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्