काठमाडौं– वाम गठबन्धनका शीर्ष नेताहरुले पार्टी एकताको विषयमा कुनै शंका नर्गन आग्रह गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एकता संयोजन समितिको बैठकपछि नेताहरुले पार्टी एकताको विषयमा कुनै विवाद नभएको बताए।
बैठकपछि एमाले नेता वामदेव गौतमले पार्टी चाँडै एकता हुने दाबी गरे। उनले भने, ‘पार्टी एकताका विषयमा गम्भीर छलफल भयो। यसका विषयमा कुनै विवाद र प्रश्न छैन।’
बैठकले पार्टी एकताका लागि सांगठानिक र सैद्धान्तिक विषयको टुंगो लगाउन कार्यदल बनाउने भनिए पनि मंगलबारको बैठकले त्यसको तय गर्न सकेन। नेता गौतमले अर्को बैठकले कार्यदल बनाउने सहमति भएको जनाए।
बैठकले माघ २४ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि भने कार्यदल गठन गरेको छ। कार्यदलमा एमाले नेता सुवाव नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा वादल, वर्षमान पुन र मातृका यादव छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।