काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि बुधबार बैंकक जाने भएका छन्। दिउसो २ बजेको उडानबाट उनी बैंकक जान लागेका हुन्।
एमाले नेता कृष्ण गोपाल श्रेष्ठका अनुसार नियमित स्वास्थ्य परिक्षणका लागि ओली बैंकक जान लागेका हुन्। मृगौला प्रत्यारोपन गरेका ओली नियमित रुपमा बैंकक जाँदै आएका छन्। स्वास्थ्य परिक्षण ढिलो हुँदा उनी गत साता बिरामी परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।