काठमाडौं- अदालतकाे मानहानी मुद्दामा पक्राउ परेर सर्वोच्च अदालत उपस्थित गराइएका डा गोविन्द केसीको मुद्दा भोलिलाई हेर्दाहेर्दैमा राखिएको छ।
आज डा केसीको बयान लिए पनि बहस भने हुन सकेन। डा केसीलाई आज थुनामै राखिने भएको छ।
डा केसीले अदालतमा बयानका क्रममा न्यायालयकाे अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको भन्दै आफ्नो लडाइँ न्यायलयको भ्रष्ट नेतृत्व र न्यायाधीश विरुद्ध भएको बताएका थिए।
उनले बयानमा भनेका थिए, 'प्रधानन्यायाधीश गाेपाल पराजुलीले भ्रष्टाचार बढाउने काम गरे, त्यस विरुद्ध मेराे लडाइँ हाे। मैले विज्ञप्ति मार्फत न्यायालयकाे अालाेचना गरेकै छैन। भ्रष्टाचार विरुद्ध बोल्दा पक्राउ गर्ने कार्य किन गरियाे? अदालतकाे भ्रष्ट प्रवृत्तिविरुद्ध मेराे लडाइँ हाे, म त्यसमा अडिग छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।