काठमाडौं- नेपाली कांग्रेसले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार, कांग्रेस केन्द्रीय सदस्य शर्मालाई आजबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो।
पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्ने माग भइरहेका समयमा पार्टी सभापति देउवाले युवा नेता शर्मालाई पार्टी प्रवक्ता बनाएका हुन्। यसअघि दिलेन्द्रप्रसाद वडू प्रवक्ता रहेको कांग्रेस उनीपछि लामो समय प्रवक्ताविहीन थियो।
२०७१ फागुनमा पार्टी महाधिवेशन भएयता कांग्रेस प्रवक्ताविहीन थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।