काठमाडौं– एमाले र माओवादी केन्द्रको पार्टी एकताका लागि गठन गरिएको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक जारी छ।
एमाले अध्यक्ष ओली बुधबार बैंकक जाँदै छन्। त्यसअघि संयोजन समितिको बैठक बोलाइएको हो। पार्टी एकताका लागि पछिल्लो केही दिनयता दुई पार्टीका नेताहरुबीच नियमित रुपमा भेटघाट र छलफल भइरहेको छ। मंगलबारको बैठकमा एकताको मोडालिटीबारे छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।