काठमाडौं– डा गोविन्द केसीप्रति समर्थन जनाउँदै नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले नीतिमाथि नियत हाबी भएपछि यस्तो अवस्था आइलागेको बताएका छन्।
सामाजिक सञ्जाल ट्विटमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले एक सन्त फकिरले न्यायालयको मर्यादा जोगाऊँ भन्नुलाई 'आतंकवादी अपराध'सँग तुलना गर्न नहुने उल्लेख गरेका छन्।
सबैका लागि लडिरहने केसीका मुद्दाप्रति हिजो र आज पनि उत्तिकै समर्थन रहेको शर्माको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।