काठमाडौं– एमाले नेता प्रदीप ज्ञवालीले डा.गोविन्द केसीविरुद्ध अदालतको प्रस्तुतीप्रति असन्तुष्टि जनाएका छन्। अदालतले पूर्वाग्रहका आधारमा कुनै निर्णय गरेमा न्यायलयको मान उल्टो घट्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– डा. केसीका माग र विरोधको शैली सम्बन्धमा वहस हुन सक्छ । तर, अदालत उहाँको विरुद्व जसरी प्रस्तुत भयो÷भइरहेको छ, त्यसलाई किमार्थ उचित मान्न सकिन्न । काम÷निर्णयमा प्रतिशोध, पूर्वाग्रह या अन्यथा गन्ध भेटियो भने न्यायालयको मान बढ्दैन, उल्टो घट्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।