काठमाडौं– अदालतको अपहेलना मुद्दामा पक्राउ गरी सर्वाेच्च अदालतमा उपस्थित गराइएका डा.गोविन्द केसीको बयान सुरु भएको छ।
न्यायधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशनमा उनको बयान सुरु भएको हो।
अदालतको फैसलाको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै उनीसँग बयान लिन थालिएको छ। बयानपछि सुरुमा डा.केसीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गर्नेको पक्षबाट बहस गर्ने छन्। त्यसपछि डा.केसी पक्षका अधिवक्ताहरुले बहस गर्ने छन्। बहस सकिएपछि थुनछेक आदेश हुने छ।
चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम)को डिन नियुक्तिसम्बन्धि मुद्दामा सर्वाेच्चले गरेको फैसलाविरुद्व अभिव्यक्ति दिएको र त्यसको अदालतको अपहेलना गरेको भन्दै डा.केसीलाई सर्वाेच्चको आदेशमा सोमबार पक्राउ गरिएको थियो।
बिहान साढे ८ बजे नै केसीलाई सर्वाेच्चमा लगिएपनि ५ घन्टापछि बहस सुरु भएको थियो। सर्वाेच्चमा पुगेपछि उनले असहज महसुस गरेपछि परिसरमै रहेको प्रहरीको एम्बुलेन्समा राखिएको थियो। आफ्नो स्वास्थ्य ठिक रहेको बताएपछि उनलाई इजलाशमा लगिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।