काठमाडौं– अदालतको अपहेलना मुद्दामा पक्राउ गरि अदालतमा उपस्थित गराइएका डा.गोविन्द केसीको मुद्दामा २ बजेपछि मात्र बहस हुने भएको छ।
सर्वाेच्च अदालतका न्यायधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त बेञ्चमा उनको मुद्दाको सुनुवाई हुँदैछ। बयानपछि सुरुमा डा.केसीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गर्नेको पक्षबाट बहस हुने छ। त्यसपछि डा.केसी पक्षका अधिवक्ताहरुले बहस गर्ने छन्। बहस सकिएपछि थुनछेक आदेश हुने छ।
डा.केसीको पक्षमा सुरेन्द्र भण्डारी, डा.गाोपाल शिवाकोटी ‘चिन्तन’ लगायत दर्जन अधिवक्ताले बहस गर्ने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।