काठमाडौं- पूर्वसभामुख ओनसरी घर्तीले डा गोविन्द केसीका माग सही भएको बताएकी छिन्।
अदालतको मानहानी मुद्दामा प्रहरी निगरानीमा रहेका डा केसीले उठाएका मागका सवालमा पूर्वसभामुख घर्तीले ट्विट गर्दै भनेकी छिन्, 'पदमा छँदा पनि भनें पनि गरें पनि, आज पनि भन्छु, प्रयास गर्छु, डा केसीका माग ठिक छन्। यसलाई ठिक विधिमा ढालेर समाधान गर्नुपर्छ।'
अदालतको मागहानी मुद्दामा हिजो पक्राउ परेका डा केसीको मुद्दामा अहिले सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। डा केसीले आइओएमका पूर्व डिन डा शशि शर्मालाई सर्वोच्चले पुनर्वहाली गरेपछि प्रधानन्यायाधीश विरुद्ध आफ्नो १४औं अनशन बस्ने घोषणा गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।