काठमाडौं– बिहिबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले प्रष्ट पारेको छ। सोमबार बिज्ञप्ती जारी गर्दै गृहले यससम्बन्धि जानकारी दिएको हो।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन लागिएको हो। गत महिना नै मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरिसकेको छ। उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाको दबाबमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।