• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतको आसाममा थप १ लाखभन्दा बढी व्यक्ति नागरिक हुन अयोग्य ठहर

नागरिकता विवादमा कविता लेख्ने १० कविविरुद्ध एफआइआर दर्ता
64x64
नेपाल लाइभ शुक्रबार, असार २७, २०७६  १५:०२
1140x725

आसामको नौगाउँस्थित एनआरसी सेवा केन्द्रमा सूचीमा आफ्नो नाम जाँच गर्दै स्थानीय। तस्बिर- पिटिआई


आसाम- आसाम सरकारले थप एक लाखभन्दा बढी व्यक्ति नागरिकता पाउन अयोग्य रहेको सूची सार्वजनिक गरेको छ।

आसाम सरकारले गत वर्षबाट अवैध आप्रवासीको रुपमा बसिरहेकाहरुको सूचीलाई समेटेर राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी)को मस्यौदा तयार पारिरहेको छ। उक्त मस्यौदामा हाल आसामको नागरिक बन्न अयोग्य देखिएका १ लाखभन्दा बढी व्यक्तिको नाम सामेल गरी शुक्रबार नयाँ सूची सार्वजनिक गरिएको छ। यस्तो संख्या १ लाख २ हजार ४ सय ६२ रहेको भारतीय अनलाइन ‘द वायर’ले जनाएको छ।

गत वर्षको जुलाई ३० मा जारी गरिएको यसअघिको सूचीमा ४० लाख जनतालाई नागरिक हुन अयोग्य ठहर गरिएको थियो। उक्त एनआरसी मस्यौदामा कूल ३ करोड २९ लाख आवेदनमध्ये २ करोड ९० लाख व्यक्ति मात्रै नागरिकको रुपमा सूचीकृत भएका थिए। बाँकी ४० लाखलाई अवैध ठहर गरिएको थियो। उक्त मस्यौदा प्रकाशित भएपछि आसाममा राजनीतिक गतिरोध समेत सिर्जना भएको थियो।

भारतीय पत्रिका ‘अमर उजाला’का अनुसार हाल अतिरिक्त निष्कासन सूचीमा परेका व्यक्तिहरु यस्ता व्यक्ति हुन् जसको नाम गत वर्ष जुलाई ३० मा जारी सूचीमा सामेल थियो। यसपटकको सूचीमा भने उनीहरु नागरिक बन्न अयोग्य देखिएको भन्दै उक्त मस्यौदामा अवैध व्यक्तिको रुपमा राखिएको छ।

अवैध ठहरिएका सबैजनालाई पत्रमार्फत सूचित गरिएको थियो। नागरिकको सूचीमा नपर्नेहरुलाई बिहीबार(हिजो)सम्म प्रत्येक एनआरसी सेवा केन्द्रमा पुनः दाबी गर्दै निवेदन दिन समय दिइएको थियो।

आसाम सरकारले एनआरसीको मस्यौदा भारतीय सर्वोच्च अदालतको प्रत्यक्ष निगरानीमा तयार गरिरहेको छ। उक्त मस्यौदाको अन्तिम सूची आगामी जुलाई ३१ मा प्रकाशन हुनेछ।

उक्त सूचीमा सामेल हुन अयोग्य ठहर व्यक्ति स्वतः भारतीय लोकसभा तथा विधानसभा निर्वाचनमा सामेल हुन वञ्चित भने नहुने भारतीय निर्वाचन आयोगले जनाएको छ। तर, मतदाता सूचीमा रहन भने उनीहरुले आफू भारतीय नागरिक भएको प्रमाणित गर्नुपर्ने आयोगले प्रष्ट पारेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

भारतको ‘जनप्रतिनिधित्व कानुन १९५०’ मा मतदाता परिचयपत्र प्राप्त गर्न आवेदक भारतको नागरिक हुनुपर्ने, कम्तीमा १८ वर्ष उमेर पुगेको हुनुपर्ने र सम्बद्ध विधानसभा क्षेत्रको स्थायी निवासी हुनुपर्ने उल्लेख छ।

एनआरसीमा सूचीकृत भए/नभएको जाँच्दै कर्मचारी/लाममा जनता। तस्बिर-पिटिआई।

हाल अयोग्य ठहर भई एनआरसी मस्यौदा सूचीमा नसमेटिएका व्यक्तिहरुले मतदाता सूचीमा आफ्नो नाम दर्ता गर्न मतदाता पञजीकरण अधिकारी समक्ष आफू भारतीय नागरिक भएको कागजात पेश गर्नुपर्नेछ।

मतदाता सूची र एनआरसी मस्यौदा तयार गर्ने काम अलग-अलग भए पनि दुवैतर्फका अधिकारीले सोही मुताविक मिलेर काम गरिरहेका बताइएको छ। 

नागरिकता विवादमा कविता लेख्ने १० कविविरुद्ध एफआइआर दर्ता
भारतको आसाम नागरिकता विवादका सम्बन्धमा कविता लेख्ने कविसहित १० जनामाथि उजुरी परेको छ। आसाम प्रहरीका अनुसार अधिकांश उजुरी बंगाली मुलका मुस्लिम कवि र कार्यकर्ताहरुविरुद्ध परेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनीहरुले ‘मिया’ (आमा) शीर्षकमा कविता लेखेका तथा सामाजिक सञ्जालमा प्रकाशन गरेका थिए।

भारतीय पत्रिका ‘इन्डियन एक्सप्रेस’का अनुसार राज्यका केही वर्गले उनीहरुमाथि उजुरी गरेपछि प्रहरीले ‘एफआइआर’ दर्ता गरेको छ।

कुनै अपराध वा घटना भएमा सो सम्बन्धमा कसैले जानकारी, गुनासो वा उजुरी गरेको आधारमा प्रहरीले तयार गर्ने लिखित आरोपपत्रलाई एफआइआर भनिन्छ।

गुहाटी केन्द्रका प्रहरी उपआयुक्त धर्मेन्द्र कुमार दासले एफआइआर दर्ता गरिएको पुष्टि गरे। ’१० जना विरुद्ध एफआइआर दर्ता भएको छ, हालसम्म कसैलाई पक्राउ भने गरिएको छैन,’ दासले भने, ‘उनीहरुमाथि भारतीय संहिताको धारा ४२० र ४०६ का आधारमा एफआइआर दर्ता गरिएको हो। यसअलावा कपिराइट अधिनियमका विभिन्न धाराहरु पनि आकर्षित भएकोले तिनका आधारमा पनि उजुरी दर्ता गरिएको छ।’

उजुरीकर्तामध्येका एक प्रणवजित दोलोईले उक्त कविताको उद्देश्य कानुन र पद्धतिको विरुद्धमा जनतालाई भड्काउनु रहेको आरोपपत्रमा उल्लेख गरेका छन्। आरोपपत्रमा भनिएको छ, ‘उनीहरुको मनसाय संसारभर आसामका जनताको छवि जेनोफोबिकको रुपमा चित्रण गर्न खोजिएको छ। जुन आसामी जनताका साथै राष्ट्रिय सुरक्षा र सौहार्दपूर्ण सामाजिक माहोलका लागि गम्भीर खतरा हो। यस कविताको वास्तविक उद्देश्य कानुन र पद्धतिको विरुद्धमा जनतालाई भड्काउनु हो।’

उक्त आरोपमाथि प्रतिक्रिया दिँदै नागरिकता विवादमा फरक मत राख्दै आएका एक स्थानीय कार्यकर्ता अब्दुल कलाम आजादले भने, ‘के हामी वास्तविक नागरिकलाई कविता लेख्न पनि कुनै अधिकार छैन? उनीहरुलाई संदिग्ध नागरिकको श्रेणीमा राखिएको छ र नजरबन्दी केंन्द्रमा पठाउन लागिएको छ।’

उक्त सूचीमा सामेल हुन अयोग्य ठहर हुने व्यक्तिले आफू भारतीय नागरिक भएको प्रमाणित गरे मात्रै लोकसभा तथा विधानसभा निर्वाचनमा सामेल हुन पाउँछन्।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १५:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्