• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतको आसाममा थप १ लाखभन्दा बढी व्यक्ति नागरिक हुन अयोग्य ठहर

नागरिकता विवादमा कविता लेख्ने १० कविविरुद्ध एफआइआर दर्ता
64x64
नेपाल लाइभ शुक्रबार, असार २७, २०७६  १५:०२
1140x725

आसामको नौगाउँस्थित एनआरसी सेवा केन्द्रमा सूचीमा आफ्नो नाम जाँच गर्दै स्थानीय। तस्बिर- पिटिआई


आसाम- आसाम सरकारले थप एक लाखभन्दा बढी व्यक्ति नागरिकता पाउन अयोग्य रहेको सूची सार्वजनिक गरेको छ।

आसाम सरकारले गत वर्षबाट अवैध आप्रवासीको रुपमा बसिरहेकाहरुको सूचीलाई समेटेर राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी)को मस्यौदा तयार पारिरहेको छ। उक्त मस्यौदामा हाल आसामको नागरिक बन्न अयोग्य देखिएका १ लाखभन्दा बढी व्यक्तिको नाम सामेल गरी शुक्रबार नयाँ सूची सार्वजनिक गरिएको छ। यस्तो संख्या १ लाख २ हजार ४ सय ६२ रहेको भारतीय अनलाइन ‘द वायर’ले जनाएको छ।

गत वर्षको जुलाई ३० मा जारी गरिएको यसअघिको सूचीमा ४० लाख जनतालाई नागरिक हुन अयोग्य ठहर गरिएको थियो। उक्त एनआरसी मस्यौदामा कूल ३ करोड २९ लाख आवेदनमध्ये २ करोड ९० लाख व्यक्ति मात्रै नागरिकको रुपमा सूचीकृत भएका थिए। बाँकी ४० लाखलाई अवैध ठहर गरिएको थियो। उक्त मस्यौदा प्रकाशित भएपछि आसाममा राजनीतिक गतिरोध समेत सिर्जना भएको थियो।

भारतीय पत्रिका ‘अमर उजाला’का अनुसार हाल अतिरिक्त निष्कासन सूचीमा परेका व्यक्तिहरु यस्ता व्यक्ति हुन् जसको नाम गत वर्ष जुलाई ३० मा जारी सूचीमा सामेल थियो। यसपटकको सूचीमा भने उनीहरु नागरिक बन्न अयोग्य देखिएको भन्दै उक्त मस्यौदामा अवैध व्यक्तिको रुपमा राखिएको छ।

अवैध ठहरिएका सबैजनालाई पत्रमार्फत सूचित गरिएको थियो। नागरिकको सूचीमा नपर्नेहरुलाई बिहीबार(हिजो)सम्म प्रत्येक एनआरसी सेवा केन्द्रमा पुनः दाबी गर्दै निवेदन दिन समय दिइएको थियो।

आसाम सरकारले एनआरसीको मस्यौदा भारतीय सर्वोच्च अदालतको प्रत्यक्ष निगरानीमा तयार गरिरहेको छ। उक्त मस्यौदाको अन्तिम सूची आगामी जुलाई ३१ मा प्रकाशन हुनेछ।

उक्त सूचीमा सामेल हुन अयोग्य ठहर व्यक्ति स्वतः भारतीय लोकसभा तथा विधानसभा निर्वाचनमा सामेल हुन वञ्चित भने नहुने भारतीय निर्वाचन आयोगले जनाएको छ। तर, मतदाता सूचीमा रहन भने उनीहरुले आफू भारतीय नागरिक भएको प्रमाणित गर्नुपर्ने आयोगले प्रष्ट पारेको छ।

Ncell 2
Ncell 2

भारतको ‘जनप्रतिनिधित्व कानुन १९५०’ मा मतदाता परिचयपत्र प्राप्त गर्न आवेदक भारतको नागरिक हुनुपर्ने, कम्तीमा १८ वर्ष उमेर पुगेको हुनुपर्ने र सम्बद्ध विधानसभा क्षेत्रको स्थायी निवासी हुनुपर्ने उल्लेख छ।

एनआरसीमा सूचीकृत भए/नभएको जाँच्दै कर्मचारी/लाममा जनता। तस्बिर-पिटिआई।

हाल अयोग्य ठहर भई एनआरसी मस्यौदा सूचीमा नसमेटिएका व्यक्तिहरुले मतदाता सूचीमा आफ्नो नाम दर्ता गर्न मतदाता पञजीकरण अधिकारी समक्ष आफू भारतीय नागरिक भएको कागजात पेश गर्नुपर्नेछ।

मतदाता सूची र एनआरसी मस्यौदा तयार गर्ने काम अलग-अलग भए पनि दुवैतर्फका अधिकारीले सोही मुताविक मिलेर काम गरिरहेका बताइएको छ। 

नागरिकता विवादमा कविता लेख्ने १० कविविरुद्ध एफआइआर दर्ता
भारतको आसाम नागरिकता विवादका सम्बन्धमा कविता लेख्ने कविसहित १० जनामाथि उजुरी परेको छ। आसाम प्रहरीका अनुसार अधिकांश उजुरी बंगाली मुलका मुस्लिम कवि र कार्यकर्ताहरुविरुद्ध परेको छ।

उनीहरुले ‘मिया’ (आमा) शीर्षकमा कविता लेखेका तथा सामाजिक सञ्जालमा प्रकाशन गरेका थिए।

भारतीय पत्रिका ‘इन्डियन एक्सप्रेस’का अनुसार राज्यका केही वर्गले उनीहरुमाथि उजुरी गरेपछि प्रहरीले ‘एफआइआर’ दर्ता गरेको छ।

कुनै अपराध वा घटना भएमा सो सम्बन्धमा कसैले जानकारी, गुनासो वा उजुरी गरेको आधारमा प्रहरीले तयार गर्ने लिखित आरोपपत्रलाई एफआइआर भनिन्छ।

गुहाटी केन्द्रका प्रहरी उपआयुक्त धर्मेन्द्र कुमार दासले एफआइआर दर्ता गरिएको पुष्टि गरे। ’१० जना विरुद्ध एफआइआर दर्ता भएको छ, हालसम्म कसैलाई पक्राउ भने गरिएको छैन,’ दासले भने, ‘उनीहरुमाथि भारतीय संहिताको धारा ४२० र ४०६ का आधारमा एफआइआर दर्ता गरिएको हो। यसअलावा कपिराइट अधिनियमका विभिन्न धाराहरु पनि आकर्षित भएकोले तिनका आधारमा पनि उजुरी दर्ता गरिएको छ।’

उजुरीकर्तामध्येका एक प्रणवजित दोलोईले उक्त कविताको उद्देश्य कानुन र पद्धतिको विरुद्धमा जनतालाई भड्काउनु रहेको आरोपपत्रमा उल्लेख गरेका छन्। आरोपपत्रमा भनिएको छ, ‘उनीहरुको मनसाय संसारभर आसामका जनताको छवि जेनोफोबिकको रुपमा चित्रण गर्न खोजिएको छ। जुन आसामी जनताका साथै राष्ट्रिय सुरक्षा र सौहार्दपूर्ण सामाजिक माहोलका लागि गम्भीर खतरा हो। यस कविताको वास्तविक उद्देश्य कानुन र पद्धतिको विरुद्धमा जनतालाई भड्काउनु हो।’

उक्त आरोपमाथि प्रतिक्रिया दिँदै नागरिकता विवादमा फरक मत राख्दै आएका एक स्थानीय कार्यकर्ता अब्दुल कलाम आजादले भने, ‘के हामी वास्तविक नागरिकलाई कविता लेख्न पनि कुनै अधिकार छैन? उनीहरुलाई संदिग्ध नागरिकको श्रेणीमा राखिएको छ र नजरबन्दी केंन्द्रमा पठाउन लागिएको छ।’

उक्त सूचीमा सामेल हुन अयोग्य ठहर हुने व्यक्तिले आफू भारतीय नागरिक भएको प्रमाणित गरे मात्रै लोकसभा तथा विधानसभा निर्वाचनमा सामेल हुन पाउँछन्।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १५:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेयर बजारमा सामान्य गिरावट, १६ अर्ब ३५ करोडको कारोबार
सिंगो देशको हुन मधेशको माटो ढोग्नुपर्छ भनेर सर्लाही आएँ : गगन थापा
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
सम्बन्धित सामग्री
इन्डोनेसियाको पश्चिम जाभामा भीषण पहिरो : २५ जनाको मृत्यु, ७२ बेपत्ता बिहानैदेखि परेको अविरल र भीषण वर्षाका कारण माउन्ट बुराङराङको भिरालो जमिनबाट खसेको पहिरोले पासिरलाङ्गु र बावाकान सिबुदाह गाउँका कम्ती... सोमबार, माघ १२, २०८२
मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा मेक्सिकोको हत्याको दर एक दशककै सबैभन्दा न्यून स्तरमा झरेको बताउनुभएको थियो तर हत्या दर अ... सोमबार, माघ १२, २०८२
भारतले आज ७७ औँ गणतन्त्र दिवस मनाउँदै गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दै छ । सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
सेयर बजारमा सामान्य गिरावट, १६ अर्ब ३५ करोडको कारोबार सोमबार, माघ १२, २०८२
सिंगो देशको हुन मधेशको माटो ढोग्नुपर्छ भनेर सर्लाही आएँ : गगन थापा सोमबार, माघ १२, २०८२
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह सोमबार, माघ १२, २०८२
बालेन शाह नेपालगञ्ज पुगे सोमबार, माघ १२, २०८२
सिन्धुपाल्चोकमा नेपाल-चीन सीमा समन्वय बैठक सम्पन्न सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्