काठमाडौं– मेडिकल क्षेत्रको बेथितिविरुद्व लड्दै आएका डा.गोविन्द केसीलाई मंगलबार सर्वाेच्च अदालतमा उपस्थित गराइएको छ। अदालतको अपहेलना मुद्दामा उनलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराउको हो।
मेडिकल क्षेत्र सुधारको अभियानमा डा.केसी अदालत धाएको यो पहिलो पटक होइन। यसअघि बि एण्ड सी अस्पतालको मुद्दामा पनि डा.केसी सर्वाेच्च अदालत पुगेका थिए।
चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम)का डिन नियुक्तिसम्बन्धि सर्वाेच्चको फैसलाप्रति असन्तुष्टि जनाएर आलोचना गरिएकोमा उनीविरुद्ध सोमबार अपहेलना मुद्दा दायर गरिएको थियो। सोही मुद्दामा सोमबार नै प्रहरीले पक्राउ गरेको थियो।
वारेस राख्न अस्वीकार
डा.केसीले उक्त मुद्दाको वारेस राख्न अस्वीकार गरेका छन्। उनले आफैं अदालत धाउने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।