काठमाडौं- सोमबार अनसनस्थलबाटै पक्राउ परेका डा गोविन्द केसीलाई बयानका लागि सर्वोच्च अदालत लगिएको छ।
सोमबार राति पक्राउपछि महानगरीय प्रहरी वृत्त सिंहदरबार राखिएका केसीलाई आज बिहान अदालत पेश गरिएको हो।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका कामहरु बारे छानबिन गर्न माग गरेपछि अदालतको मानहानी भन्दै उनलाई पक्राउ गर्न हिजो आदेश दिइएको थियो। न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालत अवहेलनाको मुद्दामा मंगलबार बिहान उपस्थित गराउन आदेश दिएको थियो।
अदालतको मानहानि गर्ने गरी अभिव्यक्ति दिएको भन्दै सर्वोच्च प्रशासनले आफैं टिप्पणी उठाएर इजलासमा पेश गरेको थियो। सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौडेलले प्रतिवेदन तयार पार्दै इजलाससमक्ष पेश गरेका थिए।
डा केसीले चार वर्षअघि बर्खास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई सर्वोच्चले पुनर्बहाली गरेपछि सोको विरोध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।