काठमाडौं– अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीलाई अनामनगस्थित महानगरीय प्रहरी वृत्त सिंहदबारको हिरासतमा राखिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट उनलाई सीधै सिंहदरबार वृत्तमा पुर्याइएको हो।
डा केसीलाई शिक्षण अस्पतालस्थित अनसन स्थलबाटै एसपी रामदत्त जोशीको कमाण्डमा गएको प्रहरी टोलीले पक्राउ गरेको थियो।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीन नियुक्ति सम्बन्धी मुद्दामा डा केसीले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै सोमबार अदालतले उनलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
मंगलबार सर्वाेच्च अदालत लैजान सहज हुने भएकाले उनलाई सिंहदरबार वृत्तमा राखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।