काठमाडौं– चालु आर्थिक वर्ष २०७५/०७६ मा राष्ट्रिय ध्वजाबाहक नेपाल एयर लाइन्स झण्डै साढे ४ अबै रुपैयाँ घाटामा जाने निश्चित भएको छ।
यो घाटा नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सेवाबाट कमाएको नाफा भन्दा बाहेकको घाटा हो। नेपाल एयरलाइन्स जहाज उडाएर चालु आवमा साढे ४ अर्ब घाटामा जानेछ।
जसमा आन्तिरकतर्फ ५० करोड, अन्तर्राष्ट्रितर्फ ४ अर्ब गरी साढे ४ अर्ब घाटा हुने भएको हो। तर, ग्राउण्ड ह्यान्लिङबाट कमाएको नाफालाई निगमको आम्दानी मान्दा भने निगमलाई केही रकम नाफा हुन्छ।
प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सरकारले रकमले नदिने हो भने जहाज उडाएर जहाज खरिदका लागि लिएको ऋणको किस्ता र ब्याज तिर्न नसक्ने बताए।
निगममा अहिले असार मसान्तसम्मको ऋण र किस्ताको रकम मात्रै साढे ३ अर्बभन्दा बढी तिर्न नसक्ने उनले बताए। प्रतिमहिना ऋणको किस्ता र ब्याजमात्रै १ अर्ब १३ करोड हुन्छ।
निगम अहिले निगम ३९ अर्ब भन्दा बढी ऋणमा छ। निगमको पुँजी भने जम्मा ३७ करोड छ। निगमसँग अहिले अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिक तर्फ ८ वटा जहाज छन्। अन्तर्राष्ट्रियतर्फ ४ वटैले उडान भरेका छन् भने आन्तरिकतर्फ ३ वटामात्रै उडान भरको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।