पर्सा– मादक पदार्थ सेवन गरी सवारी चलाउने उपर प्रहरीले सार्वजनिक अपराध मुद्दा दायर गर्न थालेको छ। ‘ड्रिङक एण्ड ड्राइभ’ प्रवृत्तीलाई निरुत्साहित गर्ने उदेश्यले प्रहरीले कारबाहीलाई तिव्रता दिएको हो। शनिबार मादक पदार्थ सेवन गरी ट्रक चलाउने एक चालकलाई पक्राउ गरी प्रहरी मुद्दा दायर गरेको छ।
मादक पदार्थ सेवन गरेका चालकले चलाएको भारतीय नम्बरको ट्रकले शुत्रलबार ना ७ ख २७४७ नम्बरको तेल ट्याङकरलाई ठक्कर दिएको थियो । ओभरटेक गर्दा अगाडिको दाहिने भाग क्षती भएको र ट्राफिकको साईन बोर्ड समेत फुटेको थियो । सो ट्रकका चालक मोतीहारीप्का राजेश कुमार यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने सबैलाई सार्वजनिक अपराध मुद्दा चलाइने पर्सा प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।