काठमाडौं- सर्वोच्च अदालतले डा गोविन्द केसीले अदालतको अवहेलना गरेको ठहरसहित मंगलबार बिहान अदालत उपस्थित हुन आदेश दिएको छ।
अदालतको आदेशमा भनिएको छ, 'केसीले जारी गरेको प्रेस विज्ञप्ति र अनलाइनमा आएका समाचार सामग्री हेर्दा संविधान र कानुन बमोजिम यस अदालत र मातहतका विभिन्न अदालतबाट भएको फैसला विरुद्ध आम जनमानसमा भ्रम पर्नेगरी र न्यायाधीश विरुद्ध भ्रम फैलाउने र अवहेलनाजन्य कार्य गरेको हुँदा मंगलबार बिहान नौ बजे यस अदालतमा उपस्थित गराउनू।'
डा केसीले आइतबार चार वर्षअघि बर्खास्त भएका आइओएमका डीन डा शशि शर्माको मुद्दामा फैसला गर्दै पुनर्वहालीको आदेश गरेपछि मेडिकल माफियाको स्वार्थ र साँठगाँठ अनुसार न्यायालयकै मानमर्दन हुनेगरी फैसला आएको टिप्पणी गरेका थिए।
डा केसीले न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश र तिनले स्थापित गरेका माफियाहरु विरुद्ध लड्ने बताएका थिए। सो घोषणा अनुसार उनी आजबाट अनसन बसेका छन्।
यस्तो छ सर्वोच्चको आदेश-

यस्तो छ डा केसी विरुद्ध सर्वोच्च प्रशासनले उठाएको टिप्पणी-


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।