कन्चनपुर– आगामी आर्थिक वर्षका लागि पेस भएको बजेट बिहीबार प्रदेश सभाबाट पारित भएको छ। असार २१ गते देखि प्रदेश सभामा सुरु भएको बजेट माथिको छलफल सकिएपछि बजेट सभाबाट पारित भएको हो।
बजेट पारित गर्ने प्रस्ताव निर्णयार्थ पेस हुँदा विपक्षमा आवाज नआएपछि सभामुख अर्जुन बहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरे।
बिहीबार प्रदेश सभाको बैठक दुई पटक चलेको थियो।
बिहान साढे ८ बजेको बैठकमा बजेटमाथि सांसदहरूले आफ्ना धारणा राखे भने साँझको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बजेटमाथि छलफलका क्रममा सांसदहरुबाट उठेका प्रश्नहरुको जवाफ दिए।
सदनमा जवाफ दिँदै मन्त्री बोहराले प्रदेश सरकारले आवश्यकता र औचित्यको आधारमा बजेट बिनियोजन गरेको बताए।
उनले प्रदेशको विकासका लागि सरकार गम्भीर रहेको र प्रदेशकै गौरवको आयोजनाको रुपमा एउटा जलविद्युत आयोजना बनाउने गरी प्रदेश रकार अगाडि बढेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।