• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गर्भावस्थामा भिडियो एक्स–रे र ध्यान दिनुपर्ने कुरा

64x64
नेपाल लाइभ सोमबार, पुस २४, २०७४  २०:५२
1140x725

मातृत्व मानव संरचनाका दुई अभिन्न पाटा हुन्, सृष्टिका अस्तित्व हुन्, हरेक विवाहित जोडिका सपना र वरदान हुन्। यस अर्थमा सुरक्षित गर्भधारण जीवन चक्रको अत्यन्त महत्त्वपूर्ण विषय हो। विश्वव्यापिरुपमा नै सुरक्षित मातृत्व अत्यन्त गहन बहसको विषय बन्ने गर्दछ। सुरक्षित गर्भधारण स्वास्थ क्षेत्रमा विकासको मापक पनि हो। स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ प्रतिवेदन अनुरुप मातृमृत्यु दर प्रतिलाख १७० रहेको छ।

सुरक्षित गर्भधारणको अवधारणा गर्भ रहनु भन्दा पहिले बाट नै शुरु हुन्छ। शारीरिक स्वस्थता, पारिवारिक सहिष्णुता र समसापेक्ष चिकित्सकिय परामर्श, जाँच र उपचार नै सुरक्षित गर्भधारणका अभिन्न अङ्गहरु हुन्। आमा र बच्चाको स्वास्थ्य अवस्थाको जाँचका लागि अपरिहार्य मानिने एउटा जाँच हो अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्स-रे।

अल्ट्रासाउन्डले हामिले सुन्नसक्ने भन्दा बढी आवृत्तिको ध्वनी प्रयोग गरेर, त्यसबाट आउने प्रतिबिम्बको अध्ययन गरेर शरीरका भित्रि भागहरुको चित्र कोर्ने तथा शरिरको कुनै भागमा रगतको प्रवाह रहेको नरहेको पत्ता लगाउने गर्दछ। भिडियो एक्स(रे झट्ट नाम सुन्दा एक्स(रे जस्तो सुनिएतापनि यसमा विकिरणको खतरा रहदैन। यसको प्रयोग गरेर विभिन्न शल्यक्रियाहरु बढी सुरक्षित तरिकाले गर्न सकिन्छ। सबैभन्दा कम समयमा शरीरका भित्री अङ्गको जानकारी दिने भएकाले आकस्मिक बेलामा यसको प्रयोग अति महत्त्वपूर्ण हुन्छ।

विकिरणको खतरा नहुने यस प्रविधिद्वारा गर्भावस्थामा भ्रुणको स्वास्थ्य जाँच गरेको सायद हामी सबैले देखिसकेको हुनुपर्दछ। गर्भ रहेको नरहेको थाहा पाउन देखि गर्भ सँग सम्बन्धित जोखिमहरुको पूर्व पहिचान गर्न र गर्भमा रहेको बच्चा सँग सम्बन्धित विभिन्न जानकारी हरु द्वारा बच्चाको स्वास्थ्यको स्थिति यकिन गर्न यसको प्रयोग गरिन्छ।

सामान्यतया अल्ट्रासाउन्ड कहिले गरिन्छ ?

सामान्य शारीरिक अवस्थामा गर्भ रहेको ६-१० हप्तामा पहिलो, १८-२२ हप्तामा दोस्रो र आवश्यकता अनुसार अन्तिम ३ महिनामा वा प्रसवपूर्व अल्ट्रासाउन्ड जाँच गरिन्छ। हप्ताको गणना पछिल्लो भएको महिनावारीको पहिलो दिन बाट गरिन्छ।

डेटिङ स्क्यान (लेभेल १ अल्ट्रासाउन्ड) भनेको के हो?

गर्भ रहेको ६-१० हप्तामा गरिने अल्ट्रासाउन्डलाई डेटिङ स्क्यान भनिन्छ। डेटिङ अर्थात् मिति, यो स्क्यानबाट बच्चा जन्मने मिति सरदर तय गरिन्छ। सामान्य अर्थमा यसमा बच्चा गर्भमा बसेको कुराको आधिकारिक पुष्टि गरिन्छ र बच्चाको लम्बाइ नापेर उमेर समेत पत्ता लगाइन्छ। यसमा बच्चाको मुटुको चाल हेरेर बच्चाको स्वास्थ स्थिति र बच्चा सँग जोडिएको सालको स्थान बारे समेत जानकारी हुन्छ। त्यस्तै गर्भमा एक भन्दा बढि बच्चा रहेमा त्यसको पनि पहिचान हुन्छ। त्यस्तै बच्चा पाठेघर बाहिर बसेको हुन सक्ने सम्भावनालाई हटाउन समेत यो स्क्यानले मद्दत गर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

गर्भावस्थामा ३० वर्ष भन्दा बढी भएकाहरुलाई ११ देखि १४ हप्ताको बिचमा घाँटिको पछाडिको भाग छालाको मोटोपना (नुकल ट्रान्सलुसेन्सि) नापेर डाउन्स सिन्ड्रोम नामक रोगको सम्भाव्यता पत्ता लगाउन सकिन्छ।

एनोमेलि स्क्यान (लेभेल २ अल्ट्रासाउन्ड ) भनेको के हो?

एनोमेलि अर्थात् अङ्गभङ्गता। १८ देखि २२ हप्ताको बिचमा गरिने अल्ट्रासाउन्ड बाट बच्चाको स्वास्थ स्थितिको बिस्तृत जानकारी पाइन्छ। यस बेला सम्म प्रायस् सम्पूर्ण अङ्गहरु बनिसक्ने भएकाले कुनै अङ्गको विकास हुन नसकेको जटिल परिस्थिति भएमा यस बेला गरिने अल्ट्रासाउन्ड बाट सो कुराको पहिचान गर्न सकिन्छ।

बच्चाको टाउको, पेट र खुट्टाको नापको मद्दतले बच्चाको उमेर पत्ता लगाइन्छ र गर्भ विकास समयसापेक्ष भएको नभएको निचोड निकालिन्छ। त्यस्तै बच्चाको टाउको, गिदि, अनुहार, आँखा, ओठ, मुख, मुटु, पेट, मृगौला, छाती र पेट बिचको पर्दा ९डायफ्राम०, ढाड, हात, खुट्टा लगायत विभिन्न अङ्गको विस्तृत अध्ययन गरिन्छ। साल र नालको अवस्था तथा बच्चा वरिपरि रहेको पानीको मात्राको पनि अध्ययन गरिन्छ। बच्चाको कुनै अङ्गमा कुनै समस्या देखिएमा बच्चा गर्भमा राखिराख्न मिल्ने, कुनै औषधि उपचार गर्नुपर्ने वा गर्भपतन गर्नुपर्ने फैसला गरिन्छ।

चिकित्सकको सल्लाह अनुसार बच्चा वा आमाको स्वास्थ्यमा कुनै प्रतिकूल असर देखिने भएमा जुनसुकै बेला गर्भपतन गर्न पाउने कानुनी हक छ। यो स्क्यान गर्न चिकित्सकमा कुशल दक्षताको आवस्यकता पर्दछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अल्ट्रासाउन्ड गर्न पर्ने आकस्मिक अवस्था कस्तो बेला पर्दछ ?

चिकित्सकिय परामर्श बमोजिम आमा वा बच्चाको स्वास्थमा कुनै शंका लागेमा यो जाँच गरिन्छ। पेट भित्र बच्चा चलेको थाहा नपाएमा, अरु बेला भन्दा अत्यन्त असहज पेट दुखेमा, मिति भन्दा पहिला नै बच्चाको पानीको थैली फुटेमा तथा रक्तस्राव भइरहेमा वा समयपूर्व व्यथा च्यापेमा यो जाँच गराइने गरिन्छ। बच्चाको विकासमा कुनै अवरोध देखिएमा वा उच्च जोखिमको गर्भावस्था भएमा यो जाँच पटकपटक गर्नुपर्ने हुन्छ।

उच्च जोखिमको गर्भावस्था भन्नाले उमेर बढी भएको, उच्च रक्तचाप वा अन्य कुनै मुटुरोग वा चिनिरोग वा रक्तअल्पता वा कुनै संक्रमण भएको, पहिला कुनै बच्चा खेर गएको वा अत्यन्त कम तौलको बच्चा भएको, जिउमा झट्का हान्ने सम्बन्धि समस्या भएको, जुडुवा बच्चा भएको लगायत लाई बुझिन्छ।

डप्लर अल्ट्रासाउन्ड के हो ?

अल्ट्रासाउन्डको एउटा विशेष प्रकार हो, डप्लर अल्ट्रासाउन्ड। यो जाँचमा रगतको बहावको अध्ययन गरेर कुनै अङ्गमा मुटुको चाल अनुसार सञ्चार भइरहेको रगत मात्रा र सो अङ्गको विकासको अध्ययन हुने गर्दछ। यो जाँचको मद्दतले पेटमा भएको बच्चाको विकासलाई जाँच गर्न सकिन्छ। समय भन्दा कम तौल भएका वा शरीरका विभिन्न अङ्गको समानुपातिक रुपमा विकास नभएमा यो जाँच गर्ने गरिन्छ। यो जाँचले बच्चाको विकास समय अनुसार नहुनुको कारण समेत पत्ता लगाउने गर्दछ। यो जाँच गर्न समेत चिकित्सकमा कुशल दक्षताको आवश्यकता पर्दछ।

टिभिएस् अल्ट्रासाउन्ड के हो ?

अल्ट्रासाउन्ड मेसिनको जाँच गर्ने भाग (प्रोब) लाई योनि भित्र छिराएर गरिने विशेष प्रकारको अल्ट्रासाउन्ड हो, टिभिएस्। यसबाट पाठेघर लगायत वरिपरिका अङ्गहरु स्पष्ट रुपमा देखिन्छन्। यसको प्रयोग कहिलेकाही पाठेघर भन्दा बहिर बच्चा बसेको शंका लाग्दा वा पेटबाट जाँच गर्दा कुनै अस्पष्टता भएमा गरिन्छ। त्यस्तै गरि मलद्वार बाट समेत विशेष अवस्थामा पाठेघर वरिपरिका अङ्गहरु जाँच गरिन्छ।

गर्भको बच्चाको लिङ्ग पहिचान

गर्भ जाँचको बेलामा सबैभन्दा बढी सोधिने प्रश्न मध्येको एक हो, बच्चाको लिङ्ग, छोरा वा छोरी। पश्चिमी राष्ट्रहरुमा यो एक सहज प्रश्न भएतापनि हाम्रो देशमा यो प्रश्नको उत्तर गैरकानुनी मानिन्छ। लिङ्ग पहिचानका आधारमा बढ्दो गर्भपतन र सामाजिक रुपमा छोरा प्रतिको अभिलाषाले छोरी भ्रुण हत्याको कारण गर्भको बच्चाको लिङ्ग पहिचान कानुनी रुपमा बर्जित छ।

यदाकदा, नेपालमा यस्ता क्रियाकलाप भइरहेको पत्रीकामा पढ्न, सुन्न पाइन्छ। ज्ञात रहोस्, जति सुकै बिज्ञ र अनुभवी  चिकित्सकले लिङ्ग पहिचान गरेतापनि शतप्रतिशत सहि पहिचान गर्ने क्षमता कसैमा हुँदैन। अर्थात् विभिन्न आधारमा छोरा वा छोरी भनी सम्भाव्य पहिचान गरिएतापनी शत प्रतिशत यकिन हुने सम्भावना रहदैन। छोरी भनेर भ्रुण हत्या गरेपछी बाहिर हेर्दा छोरा पाइएको समाचार पत्रीकामा हामीले कहिलेकाही पढ्ने शायद यही कारणले हुन्। चोक्टा खान गाकी बुढी झोलमा डुबेर मरी भनेझैं !!!

अल्ट्रासाउन्ड जाँचका जोखिम के-के हुन्?

यो जाँचमा कुनै पनि किसिमको विकिरणको प्रयोग हुँदैन तथा कुनै औजार वा सियोले घोच्ने समेत हुँदैन। यो जाँचले आमा वा बच्चामा कुनै प्रतिकूल असर पार्दैन।

अल्ट्रासाउन्ड गर्दा ध्यान दिनुपर्ने कुराहरु

पहिलो ३ महिनाको अल्ट्रासाउन्ड गर्दा पिसाब च्यापेर मात्र अल्ट्रासाउन्ड गराउनुपर्दछ। पाठेघरलाई भरिएको पिसाब थैलीले धकेले मात्र यो देखिने भएकाले पिसाब च्यापनुपर्ने हुन्छ। शारीरिक अशक्तताका कारण पिसाब च्याप्न नसक्ने विशेष अवस्था भएमा चिकित्सकलाई जानकारी गराउनु पर्दछ। हल्का चिसो जेलि लगाएर मेसिनको प्रोब (पेटमा छोएर जाचिने अल्ट्रासाउन्ड मेसिनको एउटा क्यामेरा सरहको भाग) ले यो जाँच गरिन्छ।

सुरक्षित रुपमा आमा र बच्चाको स्वास्थ स्थितिको जानकारी दिने र सम्भाव्य जोखिम बाट सतर्क गराउने तथा उचित उपचारको मार्गदर्शन गराउने भएकाले गर्भावस्थामा अल्ट्रासाउन्डको अत्यन्त उच्च महत्त्व रहेको छ। पेट भित्र रहेको बच्चाको सचिब आकृती टिभीमा देखिने भएकाले आमा-बुबाका लागि यो भावुक विषय समेत रहँदै आएको छ।

प्रकाशित मिति: सोमबार, पुस २४, २०७४  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्