काठमाडौँ– निर्वाचन आयोगले कलसेन्टरमार्फत करिब १० हजार मतदाताको मतदानसम्बन्धी गुनासो सम्बोधन गरेको छ।
स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाताका १० हजार ४६९ गुनासोलाई कलसेन्टरमार्फत सम्बोधन गरेको आयोगका कम्प्युटर अधिकृत श्रीराम क्षेत्रीले जानकारी गराए।
उनका अनुसार तीमध्ये सबैभन्दा बढी मतदाताको नामवाली सम्बन्धीमा ४ हजार ५०४ जिज्ञासा सम्बोधन गरिएको छ। मतदाता शिक्षासम्बन्धी २ हजार ५१२, आचारसंहिता सम्बन्धी २६९, निर्वाचन मतदान प्रक्रियाबारे २२२, आयोगको वेबसाइटबारे ८९ र सुरक्षाका बारेमा ७ तथा अन्य २ हजार ८६६ जिज्ञासा सम्बोधन भएको हो।
आयोगले पहिलोपटक मतदाताका जिज्ञासालाई सम्बोधन गर्नका लागि कलसेन्टरको सुरुवात गरिएको थियो।
स्थानीय तह निर्वाचनअघि बैसाख १५ देखि मंसिर मसान्तसम्म आयोगले कलसेन्टर सञ्चालन गरेको थियो।
बिहान ८ बजे देखि साँझ ८ बजेसम्म ६ वटा बुथमार्फत आयोगले मतदाताका गुनासोलाई सम्बोधन गरेको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।