काठमाडौं- नयाँ सरकार गठन तथा पार्टी एकताका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ।
भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी ओलीको निवासमा बैठक जारी छ।
एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा मिलनबिन्दु नजुट्दा एकता प्रक्रिया लम्बिएको छ।
मंगलबार वाम एकता संयोजन समितिको बैठक बस्ने तय हुँदा त्यसअघि दुवै दल आन्तरिक छलफलमा जुटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।