काठमाडौं–आइतबार बेलुका र सोमबार बिहान काठमाडौंमा भएका दुई दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गभ्मीर घाइते भएका छन्।
बाफलमा आइतबार बेलुका साढे ८ बजे बा २ ख १७८१ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। बाफल बस्दै आएका मकवानपुर चित्लाङका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो। ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस चालक भने फरार भएका छन्।
उता नयाँबजारमा सोमबार भएको दुर्घटनामा साइकल यात्री घाइते भएका छन्। बिहान साढे ६ बजे बा २ ख ९४ नम्बरको बसको ठक्करबाट सइकलयात्री, गोरखा घर भई हाल काठमाडौं बस्ने २५ वर्षिय आशीष गुरुङलाई ठक्कर दिएको हो। गुरुङ गम्भीर घाइते भएका छन्। शिक्षण अस्पतालमा उनको उपचार भइरहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दीपक पोखरेलले बताए।
दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।