काठमाडौं- कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि नेपाली कांग्रेसले आजको संसद् बैठक अवरुद्ध गर्ने भएको छ।
दिउँसो १ बजे संसद् बैठक बोलाइए पनि त्यसअघि बसेको समिति बैठकले सहमति जुटाउन सकेन।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका नेता कुमार पौडेल 'इन्काउन्टर'को छानबिनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुटी बैठक सकिएको छ।
सोही विषयमा चित्तबुझ्दो जवाफ माग गर्दै मंगलबार संसद् अवरुद्ध गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपा नेपालले उक्त घटनाको छानबिनका लागि छुट्टै संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन्।
तर, सत्तापक्षले संसद्का कुनै एक संसदीय समितिलाई नै उक्त विषयमा छानबिन गर्न दिन सकिने प्रस्ताव अघि सारेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।