काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका नेता कुमार पौडेल इन्काउन्टरको छानबीनको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा प्रतिनिधिसभाको बैठक अनिश्चित बनेको छ। बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको थियो।
प्रतिनिधिसभाअघि कार्य व्यवस्था परामर्श समितिको बैठकबाट उक्त विषयमा सहमति खोज्न प्रयास भए पनि निष्कर्ष निस्किन सकेको छैन।
सोही विषयमा चित्तबुझ्दो जवाफ माग गर्दै मंगलबार संसद् अवरुद्ध गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपा नेपालले उक्त घटनाको छानबीनका लागि छुट्टै संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन्।
तर, सत्तापक्षले संसद्का कुनै एक संसदीय समितिलाई नै उक्त विषयमा छानबीन गर्न दिन सकिने प्रस्ताव अघि सारेको छ।
दुवै पक्ष आफ्नो एजेन्डामा अडिग रहेका कारण संसद् चल्ने/नचल्ने टुंगो नलागेको हो।
सभामुख कृष्णबहादुर महराले संसद् सुचारु गरेर उक्त विषयमा छलफल र विमर्श गर्नेगरी सहमति जुटाउन आग्रह गरेका छन्। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।