काठमाडौँ - ग्यास बिक्रेता महासंघले ग्यास बिक्री गरेवापत पाउँदै आएको ‘कमिसन’मा वृद्धि गर्न सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेको टोलीले आयतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ग्यास डिलरले हाल पाउँदै आएको रु ३२ को कमिसनलाई ६७ पु¥याउनुपर्ने माग गरेको हो।
ग्यासमा लगाउँदै आइएको मूल्यअभिवृद्धि कर (भ्याट) व्यवसायीले फिर्ता पाउने भएकाले त्यसलाई खारेज गरेर उपभोक्तालाई राहत दिनुपर्ने माग गरको अध्यक्ष अर्यालले बताए। सरकारले ग्यासमा १३ प्रतिशत भ्याट लगाउँदै आएको छ।
उहाँले विराटनगर तथा वीरगञ्जमा ग्यासको मूल्य उपत्यकाको भन्दा रु ५० कमी हुनुपर्ने माग गरेको बताए। काठमाडौँमा ढुवानीमा बढी खर्च लाग्ने भएकाले सोही बराबरको मूल्य सीमा क्षेत्रका शहरमा हुन नहुने महासंघको तर्क छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।