काठमाडौं- नेपाली कांग्रेसले सेवा निवृत्त कर्मचारीका लागि दिँदै आएको चाडपर्व खर्चवापतको रकम कटौती नगर्न माग गरेको छ।
संसदीय दलको विज्ञप्तिमार्फत प्रमुख सचेतक बालकृष्ण खाँणले सेवानिवृत्त कर्मचारीहरुलाई चाडपर्व खर्चका लागि एक महिनाको तलब बराबरको रकम दिइँदै आएकोमा सो रकम कटौती नगर्न माग गरेका हुन्।
लामो समयसम्म राष्ट्रसेवकको रुपमा राष्ट्रलाई सेवा पुर्याएका निजामति कर्मचारीको खर्च कटौती नगर्न सरकारलाई आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।