डडेल्धुरा– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन खर्चको विवरण बुझाएका छन्। डडेल्धुराबाट प्रतिनिधिसभामा निर्वाचित देउवाले निर्वाचनमा २३ लाख ४ हजार ५ सय रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्। मंसिर २१ मा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुराबाट १४ उम्मेदवारमध्ये ८ उम्मेदवारले खर्च विवरण बुझाएका हुन्।
निर्वाचनमा खर्च विवरण बुझाउनेमा प्रतिनिधिसभातर्फका उम्मेदवारमा देउवा, राष्ट्रिय जनमोर्चाका लालबहादुर जाग्री र स्वतन्त्र उम्मेदवार कर्ण रावल रहेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकृत कृष्णसिंह नायकले जनाए।
खर्च विवरण अनुसार देउवाले सबैभन्दा बढी गोष्ठी र कार्यकर्ता परिचालनमा ७ लाख ६५ हजार खर्च गरेको विवरण पेश गरेका छन्।
यस्तै, देउवाले सवारी साधनमा ४ लाख ५० हजार, मतदाता नामावली छपाइमा २५ सय, सवारी इन्धनमा ९५ हजार, प्रचारप्रचार सामग्रीमा ९२ हजार, कार्यालय सञ्चालनमा ४ लाख ५० हजार, प्रतिनिधि परिचालनमा १ लाख ८० हजार र विविधमा १ लाख १५ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।