काठमाडौं– ब्रिटिस काउन्सिलले संचालन गर्ने अंग्रजी भाषासम्बन्धि IELTS परिक्षाको प्रश्नपत्र बिक्रि गर्ने तीन जनाविरुद्ध प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार तीन जनाविरुद्ध ठगी मुद्दामा कारबाही अघि बढाउदै पक्राउ परेका बिद्यार्थीहरुलाई छाडेका छ।
पुतलीसडकस्थित नेपाल वल्र्ड वाइड कन्सलटेन्सीका संचालक सुरज लामा तथा उनका एजेन्टहरु गणेशराज उपाध्याय र बिधान आचार्यविरुद्ध ठगी मुद्दा अघि बढाएको हो। पक्राउ परेका बिद्यार्थीहरुले उनीहरुविरुद्ध ठगी मुद्दामा जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेल बहादुर पाण्डेले बताए।
पक्राउ परेकामध्ये लामा बिट्रिश काउन्सिलका पनि एजेन्ट हुन्। उनले उपाध्याय र आचार्यमार्फत पास गर्न चाहने बिद्यार्थी खोजी गरि पैसा उठाउन लगाएका थिए। उपाध्याय र आचार्य पनि प्लस टु पास गरेर बिदेश जाने तयारीमा रहेका बिद्यार्थी हुन्। उनीहरुले पनि आफ्ना साथीहरुसँग प्रश्न पहिले नै दिलाइदिने भन्दै पैसा उठाएका थिए। त्यसरी उठाइएको ४ लाख १० हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ। प्रहरीले प्रश्नपत्र र चेकहरु पनि बरामद गरेको छ।
प्रश्नपत्र लिक भएको पुष्टि
शनिबार हुन गइरहेको IELTS परिक्षाको प्रश्न शुक्रबार बेलुका नै बिद्यार्थीहरुलाई दिइएको थियो। जून प्रश्नपत्र र शनिबारको परिक्षामा वितरण भएको प्रश्नपत्र एउटै भएको पुष्टि भइसकेको छ। तर, त्यसतर्फ प्रहरीले अनुसन्धानमा चासो दिएको छैन। प्रहरीले ठगीतर्फ मात्र अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेका लामाले पञ्जावका हनि सिंहमार्फत आफुले प्रश्नपत्र पाएको बताएका छन्। सिंह ब्रिटिस काउन्सिल निकट व्यक्ति भएको प्रहरी आशंका छ।
उनले ह्वाटएपमार्फत नेपालमा IELTS को प्रश्न पठाएका थिए। ब्रिटिश काउन्सिलले पनि घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।
शुक्रबार बेलुका प्रहरीले गोप्य सूचनाका आधारमा अप्रेसन चलाई १३ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका १० जना बिद्यार्थी छुटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।