काठमाडौं– पशुपती मन्दिर आसपासको क्षेत्रमा गाँजा बिक्रि गर्दै आएका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशलाले आइतबार ४ युवतीसहितका गाँजा कारोबारीहरुलाई पक्राउ गरेको हो।
१९ वर्षिय राजिब कार्की, २२ वर्षिय सुरेन्द्र बिष्ट, २२ वर्षिय नवराज सार्की, १९ वर्षिय रोशन गिरी, १८ वर्षिय मनोज सुनार, २१ वर्षिय सुजन रिजाल, तथा १६ वर्षिय बिष्णु थापा समातिएका छन्। त्यस्तै वर्ष १८ को बिजय गुरुङ, बर्ष २५ को धर्मराज थापा, बर्ष ३५ को अनिल महर्जन , बर्ष २० की सिर्जना थापा, बर्ष १७ की आकृती कुँवर, बर्ष ३७ की सम्झना तामाङ, बर्ष २०की सितु लामा समेत पक्राउ परेका छन्।
गौशला वृत्तले बिशेष अप्रेसन चलाई उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो। केही समययता प्रहरीले पशुपतीमा हुने अवैध गतिविधिविरुद्ध कडाईका साथ कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।