फ्रान्सको चार्ल्स् डि गौल अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिर-फ्लिकर
पेरिस- फ्रान्स सरकारले फ्रान्सेली विमानस्थल प्रयोगकर्ता हरेक यात्रुसँग हवाई टिकटवापत १८ युरो (२० अमेरिकी डलर)सम्म कर लिने घोषणा गरेको छ।
फ्रान्सेली यातायात मन्त्री एलिजावेथ बोर्नले यस्तो रकमलाई कम प्रदूषणयुक्त यातायात प्रणालीका परियोजनामा खर्च गरिने बताए।
'आगामी सन् २०२० देखि प्रयोगमा ल्याइने यस योजनाअन्तर्गत आन्तरिक उडान र युरोपभित्रमा इकोनोमी श्रेणीका टिकटमा १.५ युरो तथा युरोपबाहिर उडान भर्ने बिजनेस श्रेणीका यात्रुमाथि सबैभन्दा बढी कर लिइनेछ,' मन्त्री बोर्नले उल्लेख गरे। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।