शेनयाङ- चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्ने क्रममा जथाभावी गाडी चलाएर ६ जना बालबालिकाको हत्या गरेको आरोपमा चालकलाई मृत्युदण्ड दिने फैसला गरेको छ। उक्त घटनामा अन्य २० जना घाइते भएका थिए।
हान जिहुवा नाम गरेका अभियुक्तले सेडान कार ६० जना केटाकेटीको भिडमा दौडाएका थिए। गत वर्ष नोभेम्बर २२ मा भएको उक्त घटनामा दुई शिक्षक पनि घाइते भएका थिए।
उक्त घटनापछि फरार भएका ती गाडी चालकलाई प्रहरीले पक्राउ गरेको थियो।
अदालतले आदेशमा हान जिहुवाले जानाजान बालबालिकामाथि गाडी दौडाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको छ। अपराधको प्रकृति र सामाजिक असर दुवै पक्षलाई अध्ययन गरी मृत्युदण्ड दिइएको अदालतले जनाएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।