काठमाडौं– आइतबार दिउसो बुढानिलकण्ठको मिलन चोकमा भएको दुर्घटनामा बालकको मृत्यु भएको छ।
विष्णुमती पुलबाट नारायणस्थानतर्फ जाँदै गरेको बा २ ख २१०६ नम्बरको मिनि माईक्रो बसको ठक्करबाट सडक किनारामा खेल्दै गरेका बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा जिल्ला अछाम मेले–५ घर भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ २ बस्ने सुजन खड्का भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका बालकलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाईएको उपचारको क्रममा उनको मृत्यु भएको हो। ठक्कर दिने गाडिका चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगंजले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।