• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सप्तरीमा चिसोबाट १४ को मृत्यु भएपछि दाउरा संकलन थालियो

64x64
नेपाल लाइभ आइतबार, पुस २३, २०७४  १८:०१
1140x725

राजविराज– शितलहरका कारण १४ जनाको ज्यान गइसकेपछि सप्तरीमा दाउरा संकलन सुरु भएको छ। जिल्ला दैवी प्रकोप उद्दार समिति तथा स्थानीय तहको पहलमा आइतबारदेखि दाउरा संकलन र वितरण सुरु गरिएको हो।

सरोकारवाला निकायले शीतलहरबाट हुने जोखिमको पूर्व तयारीमा ध्यान नदिँदा सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपरिरहेको भन्दै गुनासो बढेपछि दाउरा संकलन सुरु भएको हो। जिल्ला दैवी प्रकोप उद्दार समिति, स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा चिसोबाट पीगित वर्गलाई समयमै तातोको व्यवस्था मिलाउन नसकिएको स्थानीय तहका जनप्रतिनिधिले नै गुनासो गरेका छन्।

दाउराका लागि समन्वय गर्नुपर्ने निकायका प्रमुख (जिल्ला वन अधिकृत) ले मोबाइल स्विच अफ गरेर बसेपछि अधिकांश स्थानीय तहमा दाउरा वितरण गर्न नसकिएको स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले आरोप लगाएका छन्। 

आइतबार भने वन कार्यालयका कर्मचारीसँग समन्वय गरेर दाउरा संकलन सुरु भएको उनीहरुले बताए। वन कार्यालयका कर्मचारीले भने तिलाठी–कोइलाडी गाउँपालिका लगायतका केही स्थानीय तहका जनप्रतिनिधि सम्पर्कमा आएपछि दाउरा संकलनका लागि स्वीकृति दिइएको बताए। 

तर, जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक तथा सप्तरीका सिडिओ भागिरथ पाण्डेले भने आफूले यसअघि नै दाउरा वितरण तथा आगो बाल्नका लागि सेना, प्रहरी र स्थानीय तहलाई निर्देशन दिइसकेको बताएका छन्। उनले हालसम्म सम्पूर्ण स्थानीय तहमा गरी ७ हजार कम्बल वितरण गरिएको र अझै ७ हजार कम्बल वितरणको तयारी भइरहेको बताएका छन्।

मंसिरको अन्तिम सातासम्म गत साउनको बाढी पीडितलाई राहत वितरण गर्दै आएको रेडक्रस सोसाइटी सप्तरीले हालसम्म शीतलहर पीडितका लागि भने राहतको कार्यक्रम अघि सारेको छैन।

सप्तरीमा हालसम्म शीतलहरका कारण ७ महिने बालकसहित १४ जनाले ज्यान गुमाइसकेका छन्। चिसोले कठ्याङ्ग्रिएर हालसम्म कञ्चनरुप–४ जगतपुरका ललित चौधरीका ७ महिने छोरा गणेश चौधरी, वडा नम्बर २ बरमझियाका ५५ वर्षीय बेचन शेख, वडा नम्बर ७ का ६१ वर्षीय उत्तम मरिक (डोम), खडक नगरपालिका–८ मुसरनियाका ७० वर्षीय मुसहरु चौधरी, कृष्णा सवरण गाउँपालिका ४ का ६० वर्षीय लखन ठाकुर, डाकनेश्वरी नगरपालिका ८ का ५५ वर्षीय झौली यादवको मत्यु भएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यसैगरी, तिलाठी–कोइलाडी गाउँपालिका २ लौनियाँका ५५ वर्षीय सुजान ठाकुर, वडा नम्बर ७ का ३६ वर्षीय शिवु मण्डल, महदेवा गाउँपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षीया नाजो बेगम, वडा नम्बर १० का ६५ वर्षीया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको छ। जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक पाण्डेले भने दुई जनाको मात्र चिकोका कारण मृत्यु भएको पुष्टि गरेका छन्।

सप्तरीमा शीतलहरका कारण हरेक वर्ष सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्। मुलुकमै सबैभन्दा बढी दलितको बसोबास रहेको सप्तरीका दलित परिवार अधिकांश विपन्न छन्। जिल्लामा करिब ३६ हजार भूमिहीन र सकुम्बासी रहेको अनुमान छ। सडक किनार तथा ऐलानी जग्गामा झुप्रो बारेर ज्याला मजदुरी गरी गुजारा गर्दै आएका अधिकांशको आर्थिक अवस्था नाजुग रहेको सुकुम्वासी तथा भूमिहीनको अधिकारका लागि काम गर्ने अभियन्ताहरु बताउँछन्।

उनीहरुका अनुसार अधिकांश भूमिहीन, सुकुम्बासी, दलित र विपन्न समुदायका व्यक्ति नै चिसोबाट प्रभावित भएका छन्। जसमा बालबालिका, वृद्ध र बिरामी बढी समस्यामा छन्। दलितमध्ये पनि मुसहर, बाँतर र डोम समुदाय चिसोको चपेटामा परेका छन्। कतिपय परिवार अहिले पनि पराल र सुक्कुलको भरमा गुजारा गर्दै आएका छन् भने झुप्रो समेत छाउने सामर्थ्य नहुँदा कतिपयले कष्टकर जीवन निर्वाह गरिरहेका छन्। 

निरन्तरको शीतलहरले भूमिहीन, सुकुम्वासी, दलित र विपन्न समुदायका बालबालिका र वृद्धवुद्दाहरु बिरामी पर्न थालेका छन्। अस्पतालहरुमा बिरामीको संख्या थपिने क्रम जारी छ। निमोनिया, पखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी बढेको सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दयाशंकरलाल कर्णले जानकारी दिएका छन्।

प्रकाशित मिति: आइतबार, पुस २३, २०७४  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
ट्राफिक कारवाहीमा छ लाख ४४ हजार राजस्व संकलन
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी शनिबार, जेठ १६, २०८३
ट्राफिक कारवाहीमा छ लाख ४४ हजार राजस्व संकलन शनिबार, जेठ १६, २०८३
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते शनिबार, जेठ १६, २०८३
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य शनिबार, जेठ १६, २०८३
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बोलाइयो शुक्रबार, जेठ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्