काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रजातन्त्र दिवसपछि मात्रै नयाँ सरकार गठन हुनसक्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा थापाले प्रदेश प्रमुखको नियुक्ति सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट टुंगो लगाउन प्रयत्न हुने जानकारी दिए
प्रदेश राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतबाट छिनोफानो गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले सरकारले तत्काल कार्य सञ्चालन गर्न स्थान तोक्नसक्ने उनले बताए।
थापाले प्रदेश प्रमुखको अपरिहार्यलाई सबैले स्वीकार गरेको हुँदा सरकारले समाजका विभिन्न क्षेत्रमा ख्याति पाएका व्यक्तिलाई नियुक्त गर्ने तयारी गरेको बताए।
प्रदेश प्रमुख र प्रदेशको तत्काल कार्य सञ्चालन गर्ने स्थानका बारेमा मतैक्यता कायम गर्न सहमतिका लागि गरेको प्रयास सफल नभए पनि सरकारले राजनीतिक दलको भावनालाई बुझेर अघि बढ्ने उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।