दाङ– दाङको लमही नगरपालिका दुई कर्मचारी आइतबार घुससहित पक्राउ परेका छन्। नक्सा फाँटमा कार्यरत सव–ओभरसियर संगिता श्रेष्ठ र अमिन कृष्ण कुमार नेपाली ५० हजार घुससहित पक्राउ परेका हुन्।
घर अभिलेखन गर्न नक्सा पास गरिदिन उनीहरुले सर्वसाधरणसँग घुस मागेका थिए। घुस लिएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरबाट खटिइ गएको टोलीले कार्यालय छेउको होटलबाट उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।