काठमाडौं– कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले कंचनपुरमा कार्यरत एसपी प्रकाश चन्दलाई सरुवा गरी एसपी डिल्लि बिष्टलाई शुक्रबार कञ्चनपुरमा सरुवा गरेको छ।
चन्दको अवधि पुगेकाले उनलाई हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कार्यक्षमताको कमजोर भएको भन्दै उनको पहिले नै सरुवा भएपनि अदालतमा रिट हालेर उनले सरुवा रोकेका थिए।कञ्चनपुरमा सरुवा भएका बिष्ट यसअघि ६ नम्बर प्रदेश प्रहरीको कार्यालय सुर्खेतमा कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।